अमेरिकामा गर्भपतन सम्बन्धी नीति खुकुलो

पुस २, २०७८ | काठमाडौं

अमेरिकाले गर्भपतन सम्बन्धी नीतिमा सहजीकरण गरेको छ । माइफप्रिस्टोन नामक औषधिको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाएसँगै अमेरिकामा गर्भपतन सहज हुने भएको हो । 

नयाँ नियम अनुसार गर्भवतीले १० महिनासम्मको गर्भ तुहान ई–मेल मार्फत जानकारी गराई सेवा लिन सक्ने रोयटर्सले जनाएको छ । 

सन् १९७३ को गर्भपतनको अधिकार सम्बन्धी कानून लागू गर्न सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्दै अमेरिकाको खाद्य तथा औषधि प्रशासनले सो व्यवस्था गरेको हो ।

खाद्य तथा औषधि प्रशासनको निर्णयको स्वागत गर्दै एक जना वरिष्ठ कानून विदले गर्भ तुहिने समस्या भएका महिलालाई सहज हुने बताएका छन् । 

अमेरिकाले सो औषधि प्रयोगमा सन् २००० देखि प्रतिबन्ध लगाइएकामा कोरोना भाइरसको संक्रमणको जोखिमका कारण अस्थायी रुपमा खुला गरिएको थियो । 


प्रतिक्रिया