विरोधकाबीच हङकङमा विधान परिषदको निर्वाचन सुरु

पुस ४, २०७८ | काठमाडौं

विपक्षी दलको विरोधकाबीच हङकङमा विधान परिषदको निर्वाचन सुरु भएको छ । मतदाताहरु बिहानदेखि लाईनमा बसेका छन् । हङकङ सरकारले अलोकतान्त्रिक तवरले निर्वाचनलाई वैधता दिन लागेको विपक्षीको भनाई छ । 

हङकङकी प्रशासकीय प्रमुख क्यारील्यामले पहिलो मतदान गरेपछि बिहान साढे ८ बजेदेखिनै मतदान सुरु भएको स्थायनीय अधिकारीलाई उद्दृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । 

विधान परिषदको ९० सिटका लागि १ सय ५४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । स्थिरता कायम गर्ने कर्तव्य पूरा गर्न आफ्ना नागरिक इच्छुक रहेको हङकङ सरकारले दाबी गरेको छ । हङकङमा २ वर्षअघि सरकार विरोधी पर्दशन चर्किएको थियो । 

हङकङ विश्वविद्यालयकी भाषा शिक्षिका ७९ वर्षीया ट्याम पो चुले आगामी विधान परिषद नागरिक प्रति उत्तरदायी हुने अपेक्षा गर्नुभयो । निर्वाचनमा सर्वसाधारणको सहभागिता बढाउन र विरोधीको प्रर्दशन रोक्न स्थानीय प्रशासनले अधिकतम प्रयास गरेको रोयटर्सले जनाएको छ । 

निर्वाचन सुरक्षाका लागि १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको विरोधमा उत्रिएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 


प्रतिक्रिया