फिलिपिन्समा २ सय ५० यात्रु सवार डुंगामा आगलागी, २८ जनाको मृत्यु

चैत्र १६, २०७९ | काठमाडौं

दक्षिणी फिलिपिन्समा २ सय ५० बढी यात्रु सवार डुंगामा आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । २ सय ३० यात्रुको भने उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

डुंगामा सवार केही यात्रुले आत्तिएर समुन्द्रमा हाम फालेका छन् । उनीहरुको खोजी कार्यमा तटीय रक्षक र नौसेनालाई खटाइएको छ । आगलागीबाट क्षतिग्रस्त डुंगालाई बासिलानको किनारमा लगिएको समाचारमा जनाइएको छ ।

दक्षिणी बन्दरगाह सहर जाम्बोआँगाबाट जोलो सहर जाँदै गरेको डुंगामा आगलागी भएको हो ।  


प्रतिक्रिया