ओली, देउवा र दाहाललाई राजनीतिबाट सन्यास लिन कांग्रेस महामन्त्री शर्माको आग्रह

असार २, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन शीर्ष नेतालाई राजनीतिबाट संन्यास लिन आग्रह गर्नुभएको छ ।
झापामा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले देशले राम्रो अभिभावक खोजिरहेकाले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई २०८३ मा सन्यास लिन आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा शर्माले कंग्रेसको आगामी महाधिवेशनमार्फत सभापति परिवर्तन हुने दाबी गर्नुभयो । नेपाली कांग्रेसको विधानमै सो सम्बन्धी स्पष्ट व्यवस्था रहेको भन्दै उहाँले आगामी सभापति बन्ने विषयमा समेत छलफल र बहस चलिरहेको उल्लेख गर्नुभयो ।