एअर इण्डिया दुर्घटनाः दुर्घटनास्थलबाट २ सय ७० शव निकालियो

असार १, २०८२ | काठमाडौं
भारतको अहमदाबादमा गत बिहीबार भएको विमान दुर्घटनास्थलबाट २ सय ७० शवहरू निकालिएको छ ।
लन्डनका लागि उडेको एअर इण्डियाको विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । जसमा २ सय ४२ यात्रु र चालकदलका सदस्यहरू थिए । दुर्घटनामा एक ४० वर्षीय पुरुष बाहेक सबैको मृत्यु भएको थियो ।
अधिकारीका अनुसार पीडितहरूको पहिचान पुष्टि गर्न डीएनए नमूनाहरू मिलाउने प्रक्रियालाई निरन्तरता दिइएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले अमेरिका र बेलायतका टोलीहरूको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।