अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना

चैत्र १६, २०७९ | काठमाडौं

अमेरिकामा सेना चढेको २ वटा हेलिकप्टर दुर्घटनामा परेको छ । केन्टकी राज्यमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गर्दै सो राज्यका गर्भनरले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन् ।

यद्यपी स्थानीय समाचारमा भने दुर्घटनामा ९ जनाको मृत्यु भएको बताइएको छ । ती हेलिकप्टर नियमित प्रशिक्षणका क्रममा दुर्घटनाग्रत भएको अमेरिकी सेनाले जनाएको छ ।

हेलिकप्टरका चालक दलका सदस्यको अवस्था अज्ञात छ भने उनीहरुको परिवारका सदस्यलाई हेरचाह गर्ने व्यवस्था मिलाइएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् ।

सेनाका अनुसार सो हेलिकप्टर सैन्य अभ्यास तथा विभिन्न चिकित्सा जन्य प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो । 


प्रतिक्रिया