प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने युरोपेली मुलुकको घोषणा

जेष्ठ ९, २०८१

युरोपेली मुलुक आयरल्यान्ड, नर्वे र स्पेनले २८ मेदेखि औपचारिक रूपमा प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने घोषणा गरेका छन् । यी राष्ट्रहरुको सो घोषणा इजरायल–र विद्रोही हमासबीचको युद्ध जारी रहेका बेला भएको हो । स्पेन र आयरल्यान्डले आफूहरुको निर्णय इजरायलको विरुद्ध नभई शान्तिको समर्थनमा भएको बताएका छन् । 

नर्वेले भने आज अन्य दुई देशसँग समन्वय गरी आफ्नो घोषणा गरेको थियो । यसैबीच, हमास र प्यालेस्टिनी अधिकारीहरुले सो घोषणाको स्वागत गरेका छन् । यता, इजरायलले आक्रोशित प्रतिक्रिया दिँदै उनीहरुको यस्तो कदमले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने चेतावनी दिएको बीबीसीले जनाएको छ । इजरायलले तीनै देशका लागि आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।


प्रतिक्रिया