किसानलाई रासायनिक मल उपलब्ध गराउने बारे प्रधानमन्त्री ओलीको चासो

श्रावण ३२, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिनुभयो ।

सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने प्रकारका खेती गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिनुभयो ।

स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन उहाँले आग्रह गर्नुभयो । उहाँले पशुुपंक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुुदानको निरन्तरता भन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुुझाव दिनुभयो ।  


प्रतिक्रिया