इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने सम्भावना छः अमेरिका

कार्तिक ३, २०८१ | काठमाडौं

अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहबिरुद्ध युद्धविराम गर्ने सम्भावना रहेको बताउनुभएको छ ।

जर्मनी, फ्रान्स र बेलायतका नेतासँगको बर्लिनमा भएको भेटपछि राष्ट्रपति बाइडेनले युद्धविरामको सम्भावना रहेको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । गाजा क्षेत्रमा समेत युद्धविरामको आशा जगाए पनि हमासका नेता याह्या सिनवारकोे मृत्युले थप कठिन हुने विश्लेषण गरिएको छ ।

हमासका उपनेता खलील अल–हयाले इजरायलले युद्ध अन्त्य गरी गाजा क्षेत्रबाट फिर्ता नभएसम्म इजारायली बन्धकलाई फिर्ता नगर्ने बताएका छन् ।

यसैबीच, इजरायलले गाजा सहरको उत्तरमा रहेको जबलिया शरणार्थी शिविरमा आक्रमण तीब्र बनाएको छ । सिनवार गत अक्टोबर ७ मा भएको आक्रमणको मास्टरमाइण्ड समेत रहेको इजरायलको दाबी छ । सो आक्रमणमा एक हजार २ सयले ज्यान गुमाएका थिए भने २ सय ५१ जनालाई गाजामा बन्धक बनाइएको थियो । 


प्रतिक्रिया