प्योङयाङमा दक्षिण कोरियामा निर्मित ड्रोनको अवशेष फेला

कार्तिक ३, २०८१ | काठमाडौं

उत्तर कोरियाले राजधानी प्योङयाङमा दक्षिण कोरियाली ड्रोनको अवशेष फेला परेको बताएको छ ।

ड्रोनको अवशेष फेला परेपछि अक्टोबर महिनाको सुरुमा त्यहाँको आकाशमा कथित ड्रोन घुसपैठको पछाडि दक्षिण कोरियाली सेना रहेको प्रमाणित भएको दाबी उत्तर कोरियाले गरेको छ ।

यता जवाफमा दक्षिण कोरियाको संयुक्त सेना प्रमुखले एक विज्ञप्ती जारी गर्दै उत्तर कोरियाको दाबीलाई एकपक्षीय र प्रतिक्रिया दिन अयोग्य भएको टिप्पणी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले ड्रोनको अवशेषको फोटो सार्वजनिक गरेको छ ।

जसमा अङ्ग्रेजी अक्षरको भी आकारको पखेटा र क्षतिग्रस्त विमान देखाइएको छ । उत्तर कोरियाको सैन्य र राज्य सुरक्षा एजेन्सीको संयुक्त अनुसन्धानले विमान फेला पारेको बताइएको छ ।

सो अवशेष दक्षिण कोरियाली सैन्य परेडमा देखा परेको ड्रोन जस्तै देखिएको उत्तर कोरियाले जनाएको छ ।  


प्रतिक्रिया