भारत–पाकिस्तानबीच कुटनीतिज्ञलाई देश निकाला गर्ने क्रम बढ्दै

जेष्ठ ८, २०८२ | काठमाडौं

भारत–पाकिस्तानबीचको तनाव कम हुने संकेत देखिएको छैन । दुवै मुलुकले एक अर्काका कूटनीतिक कर्मचारीलाई देश निकाला गरेर सम्बन्धमा थप दरार आएको छ ।

पाकिस्तानले आज इस्लामावादस्थित भारतीय कूटनीतिक नियोगका कर्मचारीलाई देश निकाला गरेको छ । हिजो भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी कूटनीतिक नियोगका एक कर्मचारीलाई जासुसीको आरोपमा देश छाड्ने आदेश दिएपछि पाकिस्तानको यस्तो प्रतिक्रिया आएको हो ।

एक सातामै भारतले दोस्रो पटक पाकिस्तानी कूटनीतिक कर्मचारीलाई देश निकाला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना मारिएपछि भारत–पाकिस्तान सम्बन्धमा तिक्तता आएको छ ।    


प्रतिक्रिया