जापानी मन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०८२ | काठमाडौं

परराष्ट्रमन्त्री डा. आरजु राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबीच टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । सो क्रममा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।

राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । 


प्रतिक्रिया