प्रहिरो प्रभावित सुडानद्वारा सहयोग गर्न अन्तर्राष्ट्रिय समूदायलाई आग्रह

भाद्र १८, २०८२ | काठमाडौं
हालै गएको एक पहिरोका कारण ठूलो मानविय क्षति ब्यहोरेको सुडानले अन्तर्राष्ट्रिय समूदायलाई सहयोग गर्न आग्रह गरेको छ ।
केहिदिन अघि डार्फरस्थित पश्चिमी क्षेत्रमा गएको इतिहासकै ठूलो पहिरोका कारण १ हजार जनाको मृत्यु भएपछि सुडानले अन्तर्राष्ट्रिय समूदायका लागि सहयोग गर्न आग्रह गरेको हो ।
स्थानीय तारासिन नामक गाउँ पहिरोका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सो क्षेत्रमा सक्रिय रहेको विद्रेही समूहले सहयोग गर्न संयुक्त राष्ट्रसंघ र सहायता समूहहलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सो समूहका अनुसार केही दिन अघिको भारी वर्षापछि आएको आएको पहिरोमा परि गाउँ पूर्णरुपमा पहिरोमा पुरिएको छ भने सो गाउँका अधिकाशंको मृत्यु भएको छ ।