रुस र उत्तर कोरियासँग मिलेर चीनले अमेरिकाविरुद्ध षड्यन्त्र गर्योः अमेरिका

भाद्र १८, २०८२ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र उत्तर कोरियाका नेताहरूसँग मिलेर चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ ।

चीनले विश्व नेताकासामु बेइजिङमा अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य परेडको रुपमा शक्ति प्रदर्शन गरेपछि राष्ट्रपति ट्रम्पको सो टिप्पणी आएको हो ।

यसअघि चीनले आज सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गरेको थियो । तियानमेन स्क्वायरमा भएको परेडमा चीनले आफ्ना सैन्य आधुनिक हातहतियारको प्रदर्शन गरेको छ । तियानमेन स्क्वायरमा ५० हजारभन्दा बढी दर्शकले हवाई प्रदर्शन, जनमुक्ति सेनाका सैनिकहरूको मार्चका साथै हाइपरसोनिक मिसाइल, मानव रहित ड्रोन र सुसज्जित ट्यांक जस्ता अत्याधुनिक सैन्य उपकरणहरू प्रदर्शन गरिएका थिए ।

दोस्रो विश्वयुद्धको अन्त्यमा जापानको पराजयको ८० वर्ष पूरा भएको सम्झनामा सो परेडको आयोजना गरिएको हो । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन समेत सहभागि भएका थिए ।   


प्रतिक्रिया