रुसी राष्ट्रपति पुटिनले दिए उत्तर कोरियाली नेता किमलाई धन्यवाद

भाद्र १८, २०८२ | काठमाडौं
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सेना युक्रेन युद्धमा आफ्नो पक्षबाट लडेको भन्दै नेता किम जोङ उनप्रति आभार प्रकट गर्नुभएको छ । चीन भ्रमणमा रहेका दुई नेताबीचको कुराकानीमा राष्ट्रपति पुटिनले नेता किमलाई रुसी पक्षबाट लडिरहेका उत्तर कोरियाली सेनाको क्षमता र साहसका लागि धन्यवाद दिएको बीबीसीले जनाएको छ ।
पुटिनले उत्तर कोरियाली सैनिकले देखाएको त्यागलाई नभुल्ने समेत बताउनुभएको थियो । सो क्रममा नेता किमले आफ्ना सेनाको प्रशंसा गरेकोमा राष्ट्रपति पुटिनप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उत्तर कोरियाले करिब १५ हजार सेना रुस पठाएको छ ।