च्याम्पियन्स लिग: पिएसजीद्धारा म्यानचेस्टर सिटी पराजित, मेसीको पहिलो गोल

फोटो सौजन्य: स्काइ स्पोर्टस् 

आश्विन १३, २०७८ | एजेन्सी


च्याम्पियन्स लिग फुटवलको समूह चरणमा खेलमा फ्रान्सेली क्लव पेरिस सेन्ट जरमाइनले इङलिस क्लव म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । लियोनल मेसीले फ्रान्सेली क्लवका लागि पहिलो गोल गरेको खेलमा जित हात पार्दै पेरिस तीन अंक जोड्न सफल भयो । इड्रिसा गुइले खेलको आठौं मिनेटमा टोलीलाई अग्रता दिलाएकोमा मेसीले ७४ औं मिनेटमा अर्को गोल थपेका हुन् । म्यानचेस्टर सिटीले गोल फर्काउने थुप्रै मौका पाएपनि सदुपयोग गर्न सकेन । त्यस्तै, रहिम स्टलिङको हेड बारमा लागेर फर्किएको थियो ।

च्याम्पियन्स लिगका अन्य खेलमा लिभरपुल, एथलेटिको मड्रिड, आयक्स लगायतले जित हात पारेका छन् । स्प्यानिश क्लव रियल मड्रिड भने सेरिफ तिरास्पोलसँग २–१ ले पराजित भएको छ । 


प्रतिक्रिया