स्याङ्जा-२ मा एमालेकी अर्याललाई सुरुवाती अग्रता

मंसिर १५, २०७९

मतदान भएको १० दिनपछि बुधबार रातिदेखि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । निर्वाचन आयोगले मंसिर ४ को मतदानलाई सदर गर्दै बुधबार मतगणना गर्न निर्देशन दिएको थियो ।

वालिङ नगरपालिकाको भवनमा भइरहेको मतगणनाको सुरुवाती चरणमा एमाले सचिव पद्माकुमारी अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङलाई उछिन्नुभएकाे छ ।  पछिल्लो मतपरिणामअनुसार अर्यालले २६४८ मत ल्याउँदा गुरुङले २३७८ मत  ल्याउनुभएकाे छ । 

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिकाअन्तर्गत कांग्रेसले ४ वटा बुथ कव्जा गरी मतदान गरेको आरोप नेकपा एमाले लगायतका राजनीतिक दलले लगाएपछि मतगणना रोकिएको थियो । बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा पुगेको थियो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएको हो ।


प्रतिक्रिया