राहत र उद्धार युद्ध स्तरमा:प्रधानमन्त्री दाहाल

असार ४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले युद्ध स्तरमा राहत र उद्धारको काम गर्ने बताउनु भएको छ । सेनाको हेलिकप्टरबाट बाढीग्रस्त क्षेत्र पुगेका प्रधानमन्त्री दाहालले बाढी र पहिलारोले संखवासभा, ताप्लेजुंग र पाँचथरमा ठूलो क्षति पुगेको बताउनुभयो । 

उहाँले उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने पनि उल्लेख गर्नुभयो । दाहालले बाढी र पहिरो प्रभावित विस्थापितलाई पुृनस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि बताउनुभयो । बाढीले बगाएका पक्कि पुलमा बेलीव्रिज बनाउने र आवतजावत सहज बनाउने उहाँले बताउनु भएको छ । तीन वटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि उहाँले उल्लेख गर्नुभयो ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि संखुवासभामा १ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । प्रधानमन्त्री दाहालले उद्धार, राहतसंगै बेपत्ता भएकाहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिनु भएको छ ।  


प्रतिक्रिया