भागबण्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाउने तयारी

चैत्र २९, २०८० | काठमाडौं

सत्ताका लागि दलहरुबीच भागबण्डा मिलाउन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाउने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय छन् । मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला मन्त्रालय र सामाजिक विकाससँग रहेको स्वास्थ्य मन्त्रालय फुटाएर नौ मन्त्रालय पुर्याउने तयारी भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता हरिबहादुर चुमानले बताउनुभयो ।

मन्त्रपरिषद्को वैठकले मन्त्रालय थप्ने निर्णय गरेको उहाँले बताउनुभयो । सरकारमा भाग लिने दललाई भागवण्डा मिलाउनको लागि मन्त्रालय टुक्राउन लागिएको हो । यसअघि मुख्यमन्त्री भएका बेला अधिकारीले १२ बाट मन्त्रालय घटाएर सातमा पु¥याउनुभएको थियो ।

स्वतन्त्र सांसद, माओवादी केन्द्रको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।   


प्रतिक्रिया