राप्रपा नेपाल अध्यक्ष थापा र राप्रपा सांसद सिंह रिहा

जेष्ठ १८, २०८२

राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपकबहादुर सिंह रिहा भएका छन् । राजसंस्था पुनस्थापनाको माग गर्दै राजावादी दल तथा समूहले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका दुवैलाई प्रहरीले आइतबार राति रिहा गरेको हो । अध्यक्ष थापा नक्साल नारायणचौरबाट पक्राउ पर्नु भएको थियो । 

त्यसपछि थापालाई भेट्न गएका राप्रपा सांसद सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीस्थित कार्यालय परिसरबाट दिउँसो नियन्त्रणमा लिएको थियो ।

रिहापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अफिस धुम्बाराहीमा दुवैसँग भेटघाट गर्नु भएको छ । 


प्रतिक्रिया