वामपन्थी एकताको प्रक्रियातिर अघि बढेका छौंः प्रधानमन्त्री दाहाल

असार १४, २०८१ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढीसकेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बामपन्थी एकतालाई निर्णायक चरणमा पु¥याउने दावी गर्नुभएको हो ।

फरक प्रसँगमा प्रधानमन्त्री दाहालले मुलकमा केही भएको छैन भन्ने भाषा गलत भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले गलत भाष्य बनाइएको दाबी गर्दै जनतालाई निराश हुन नदिने गरि आफूलाई काम गर्नुपर्ने चुनौती रहेको समेत उल्लेख गर्नुभयो ।

क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रधानमन्त्री दाहालको भनाई छ ।  


प्रतिक्रिया