बाढी–पहिरोले आक्रान्त काभ्रेको पनौती क्षेत्रमा पुग्दा (स्थलगत रिपोर्टिङ)

रेडियो कान्तिपुर संवाददाता

आश्विन २०, २०८१ | काभ्रे, पनौती

केही दिनअघिको अविरल वर्षाले मुुलुकका विभिन्न भू–भागमा ठूुलो जनधनको क्षति भएको छ । संघीय राजधानी काठमाडौँबाट ३२ किलोमिटर दुुरीमारहेको पनौती नगरपालिका पनि बाढी पहिरोको चपेटामा प¥यो । वर्षातका कारण नगरभित्र रहेको पहाडी भू–भाग पहिरो तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढी पहिरोले कृषि तथा पशुुपालन, खानेपानी, विजुुली, सञ्चार पुुर्वाधार, पर्यटन, धार्मिकस्थलहरुमा ठूलो क्षति गरेपछि नगरपालिकाको सम्पूर्ण ध्यान विपद्पछिको राहत र पुनस्र्थापनामा केन्द्रित छ ।

बाढी पहिरोले निम्त्याएको विपत्तिपछिको केही दिनपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्वर–८ मल्पीकी ४५ वर्षीया निर्मला गोलेले भनिन्–‘त्यसदिन हामी ११ बजेदेखि सुरक्षित स्थानमा बस्यौँ । छोरोछोरीलाई सुरक्षित स्थानमा राख्यौं, हेर्दाहेर्दै घर ढल्यो, घरमा भएको अन्नपात, लत्ताकपडा केही निनिकाली निस्केको हो । बाढीले घर लगेपछि कहिले आमाको त कहिले बहिनीको घरमा बस्दै आएका छौ । वडामा गएर तत्काल त्रिपाल जस्तापाता उपलब्ध गराइदिनुस्न भनेर आग्रह गर्दा अहिले तत्काल हुँदैन भन्नुभयो ।’

 असोज १० गते रातको ११ बजेदेखि ९ जनाको परिवार सुरक्षित स्थानमा बसेपनि ज्यालामजदुुर गरेर बनाएको साढे २ तले पक्की घर आँखा अगाडि ढल्यो । वर्षभरि खान पुुग्ने धान, मकै, गहुँु, आलुु लगायत खाद्य सामग्री र लत्ताकपडा काम नलाग्ने भएपछि उनको परिपार बिलखबन्दमा परेका छन् । अस्थायी बसोबासका लागि त्रिपाल र जस्तापाता माग्दा स्थानीय सरकारले वितरण नगरेको उनको गुुनासो छ । सामान्य दैनिकीजस्तै बेलुकाको खाना खाएर सुुतेका सन्तलाल विश्वकर्माको परिवार राति एक्कासि आफ्नो कोठामा बाढी पसेपछि बालबच्चा च्यापेर ग्यारेजबाट नजिकैको जग्गामा त्रिपाल ओढेर बस्नुप¥यो । वर्षा नथामिएपछि उनीहरु लड्दै चिप्लदै मल्पीबाट सुरक्षित स्थानको खोजीमापनौतीको चालिसे भन्ने स्थानमा पुुगे । त्यहाँ पुुगेपछि बल्ल उनले निर्धक्क भएर बसेपनि करिब पाँच वर्षदेखि गर्दै आएको टायर व्यवसाय खोलाले बगायो । ग्यारेजमा मेसिन, बाइकहरुको क्षति भएको सुनाउँदै उनले भने–‘हामी निन्द्रामा परिसकेका थियौँ । हाम्रो कोठामा बाढी आइसकेछ बालबच्चा बोकेर हिड्यौँ अरु केही गर्ने सक्ने अवस्था थिएन पानी भित्र छिरिसकेपछि । पालमा बस्यौँ पहिरोको जोखिम भएपछि ६ घण्टाको जोखिमपूर्णयात्रापश्चात् भाइको डेरामा बस्यौँ । अहिलेसम्म यत्तिकै बसेका छौँ । टयाङ्की, टायर, गाडी धुने मेसिन, बाईक गरी १५ लाख रुपैयाँको क्षति भयो’

पनौती नगरपालिकाभित्र सबैभन्दा बढी प्रभावितमध्ये वडा नम्बर ८ पनि हो । वडामा हाल सम्म २५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने २६ वटा घरहरु जोखिमपूर्ण छ । वडामा घर टहरा भत्केर बगाएर लगेको परिवारलाई श्याम फुलमाया फाउन्डेसनमार्फत् सुरक्षित स्थानमा घर भाडा लिएर राखेको सो वडाका अध्यक्ष बेदप्रसाद बन्जाराले बताए । नागरिकलाई सहयोग गर्न नगरको स्वीकृतिमा राहतका लागि एकद्धार प्रणाली लागू गरिएकोबारे अध्यक्ष बन्जाराले भने–अहिले पिडित परिवारहरु आफन्तकोमा आश्रय लिएर बस्नु भएको छ । सबै पीडित मेरो सम्पर्कमा हुनुहुन्छ । आर्थिक,खाद्यान्न, लत्ताकपडासहयोग गर्नचहानुहुनेहरुलाई एकद्धार प्रणालीबाट वितरण गर्दा सजिलो हुन्छ भनेको छु । अहिलेसम्म मेरो वडामा कोही मान्छेहरु आएर कसैले पनि हस्तक्षेप गरेको छैन ।

अर्का पीडित खड्गराम विश्वकर्माको भने अलग्गैगुुनासो छ । रोशीमा राजनीतिक र प्रशासनिक आडमा क्रसर तथा ढुुगांखानी चलाउँदा यहाँका अधिकांश घरमा क्रसरले निकालेको माटोको लेदो सहित घरमा पसेको उनी बताउँछन् । पनौती नगरपालिका वडा न १२ रोशीका विश्वकर्मा क्रसर उद्योगले गर्दा आफुुले क्षति भोग्न बाध्य भएको बताउँछन्–ढुङ्गा खानीबाट निस्केको ढुङ्गा बेचेर अर्बो रुपैयाँ आर्जन गरे तर त्यहाँबाट निस्केको माटोले गर्दा धेरै क्षति भएको हो । अविरल वर्षापछिको बाढी र पहिरोले सबैभन्दा बढी प्रभावित स्थानीय तह हो पनौती नगरपालिका । पछिल्लो तथ्यांक अनुसार नगरपालिकामा हालसम्म २० जनाको मृत्युु भएको छ भने २५ जना गम्भीर घाइते भएका छन् । २ हजारभन्दा बढी पशुुचौपाया मरेकाले व्यवस्थापनमा चुुनौती छ । काभ्रे उपत्यका एकीकृत खानेपानीको मुख्य पाइपलाइन करिब ७ किलोमिटरबगाएको तथा नगरपालिकाको अन्य अधिकांश स्थानमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षती पुगेकाले खानेपानीमा ठूलो समस्या छ । नगरपालिकाभित्र ५ सयभन्दा बढी घर बगाउँदा सयौं व्यक्ति घरबारविहिन भएका छन् । रोशी करिडोरको ११ किलोमिटर सडकमा क्षति हुँदा सडक सम्पर्क बिच्छेद भई दैनिक जीवनमा अप्ठ्यारो भएको छ । तथ्यांक अनुसार ७ वटा पक्की पुल र १ झोलुंगे पुुल तथा २० वटा विद्यालयमा क्षति भएको छ । 


नगरपालिकाले खोजी उद्धार सँगसँगै अवरुद्ध सडक, सञ्चार एवम् विजुुलीको पुुनस्थापनामा जनप्रतिनिधि, स्वयंमसेवक र स्थानीयवासीको सहकार्य गरिरहेको नगरप्रमुुख रामशरण भण्डारीले बताए । उनले भने–नजिकिएको चाडपर्वलाई लक्षित गरी पुनस्थापनाको लागि केन्द्रित भएर काम गरिरहेका छौ । पुनस्थापना कसरी गराउने, जसको सामान्य क्षति भएको छ त्यो क्षतिलाई क्षति नभई कसरी बनाउने, घरबास नभएकाहरुलाई कसरी राख्ने भनेर भन्नेमा पुगेका छौं ।अहिलेको विषम परिस्थितिमा नगरपालिका एक्लैलेसंरचना पुर्नस्थापना गर्न असम्भव देखिएको छ । नगरपालिकाले समपुरक कोष, शसर्त अनुदान, विशेष अनुदान, गत वर्ष सुरु भएका कार्य र वहुवर्र्षीय योजना मात्र संचालन गर्ने र यसवर्ष विनियोजित योजनाहरु हाललाई स्थगन गरी राहत र क्षति भएका क्षेत्रको पुर्ननिर्माणमा लाग्ने योजना बनाएको छ । प्रदेश सरकार, संघीय सरकार एवम् विभिन्न दातृनिकायको सहयोगमा पनौती नगरपालिकालाई पुुरानो रुपरेखामा फर्काउन अपरिहार्य छ ।  


प्रतिक्रिया