स्थानीय प्रशासनद्वारा अपरान्ह साढे ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु जारी

चैत्र १५, २०८१ | काठमाडौं
राजावादी समूहले काठमाडौंको तीनकुने र बानेश्वर क्षेत्रमा व्यापक आगजनी र तोडफोड गरेपछि स्थानीय प्रशासनले केही घण्टाका लागि कफ्र्यु लगाएको छ । अपरान्ह साढे ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु लगाइएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गौशालादेखि एयरपोर्ट, गौरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कफ्र्यु लगाइएको छ । त्यस्तै कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल तथा बानेश्वर चोकदेखि शंखमुल पुलसम्म कफ्र्यु जारी भएको प्रशासनले जनाएको छ ।
त्यस्तै, गौशाला चोकदेखि पुरानो बानेश्वर हँुदै नयाँ बानेश्वर चोकसम्म कफ्यू आदेश जारी भएको छ । कफ्र्युको अवधिमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो । यसैबीच, काठमाडौंको तीनकुने वानेश्वर क्षेत्रमा राति १० बजेसम्म कफ्र्यु लगाइएसँगै काभ्रेबाट उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधन रोकिएका छन् ।