राजावादीद्वारा व्यवस्थाविरुद्धको आन्दोलनलाई निरन्तरता

जेष्ठ १८, २०८२ | काठमाडौं
गणतन्त्र पक्षधरले व्यवस्थाविरुद्धको आन्दोलनको औचित्य नहुने बताइरहँदा राजावादीहरुले भने व्यवस्थाविरुद्धको आन्दोलनलाई यथावत राखेका छन् ।
राप्रपा लगायत दल र राजावादी समूहले राजसंस्था पुनः स्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिएका हुन् । गणतन्त्र दिवसको छेको पारेर अनिश्चितकालिन आन्दोलन घोषणा गरेको संयुक्त जनआन्दोलन समितिले काठमाडौंका विभिन्न स्थानमा आन्दोलन गर्दै आएको छ । राजावादी दल र संगठनले आज नक्सालस्थित नारायण चौरमा सभाको आयोजना गरेको छ ।
काठमाडौंमा गत बिहीबारदेखि आन्दोलनका कार्यक्रम चलिरहँदा जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालय लगायत स्थानमा निषेधित क्षेत्र तोकेको छ । प्रशासनले निषेधित क्षेत्र तोकेका स्थान बाहेक अन्य विभिन्न स्थानमा ¥याली सभा र विरोधका कार्यक्रम अघि बढाएको हो । गणतन्त्र पक्षधर नेताहरुले आन्दोलन गरेर राजतन्त्र फर्काउन सम्भव नभएको बताएका छन् । यद्यपि, राजावादी दलका नेताहरुले शान्तिपूर्ण आन्दोलनकै माध्यमबाट आफ्नो माग पूरा हुने दाबी गर्दै आएका छन् ।