प्रधानमन्त्री कार्कीले आज कूटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गर्दै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३१, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरुसँग छलफल गर्दै हुनुहुन्छ । सिंहदरबारमा दिउँसो साढे २ बजे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका हरुलाई छलफलमा बोलाइएको बताइएको छ । 

बैठकमा नेपालको समसामयिक अवस्था र फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा ब्रिफिङ हुने जनाइएको छ । बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार कूटनीतिक समुदायसँग अहिलेको राजनीतिक अवस्था, आसन्न निर्वाचन, अपेक्षित सहयोग, मुलुकमा भित्र्याइने लगानी, पर्यटन लगायतका विषयमा छलफल गर्न लाग्नु भएको हो । 


प्रतिक्रिया