एकै चरणमा चुनाव हुनुपर्ने नेकपाका संयोजक दाहालको भनाइ

रेडियो कान्तिपुर संवाददाता

माघ २१, २०८२ | काठमाडौं

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले चुनाव एकै चरणमा हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्याक्रममा बोल्दै संयोजक दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने उल्लेख गर्नुभयो । 

निष्पक्ष निर्वाचन भए आफ्नो पार्टीले बढी सिट ल्याउने दाबी गर्नुभयो ।सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उहाँको भनाइ थियो ।

 दाहालले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया