तेह्रथुम पूर्ण साक्षर जिल्ला घोषणा

चैत्र २०, २०७४ | तेह्रथुम

– तेह्रथुमलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले तेह्रथुमलाई आज पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो । सदरमुकाम म्याङलुङमा आयोजित कार्यक्रममा मुख्य मन्त्री राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा कार्यालय र शिक्षकहरुलाई निर्देशन दिनुभयो ।

सरकारी लगानीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्दै मन्त्री राईले अब शिक्षाको गुणस्तर सुधार नभए प्रदेश सरकारले शिक्षकलाई कारवाही गर्ने चेतावनी दिनुभयो । गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारले प्रभावकारी ढंगबाट अनुगमन निरीक्षण गर्ने मन्त्री राईको भनाई थियो ।

जिल्लामा ९६ प्रतिशत जनसंख्या पुर्ण रुपमा साक्षर भएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताउनु भयो । 

 


प्रतिक्रिया