तेह्रथुममा बाक्लो हिमपात

माघ २६, २०७५ | तेह्रथुम

शनिबार बिहानै बाट तेह्रथुम सहित आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपात पछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ । दिनभर वर्षा संगै हिउँ परेकाले चिसो अत्यधिक बढेको छ । हिउँले लेकाली क्षेत्रका वस्ती सेताम्मे भएका छन् । 

हिउँमा खेल्न र हेर्न पूर्वी तराई देखि आन्तरिक पर्यटक पुगेका छन् । हिउँले पटेक डाँडा देखि मिल्के भञ्ज्याङ सम्मका सडक र डाँडाकाँडा सेताम्मै भएका छन् । सात वर्ष पछि बाल्लो हिउँ परेपछि स्थानीय पर्यटन र होटल ब्यवसायीहरु निकै उत्साहित देखिएका छन् ।

सडक देखि डाँडापाखा र जंगल सम्म नै आन्तरिक पर्यटकको चहल पहललाई देखेर होटल व्यवसायमा केही उत्साह थपिएको होटल बसन्तपुर भ्युका संचालक प्रकास श्रेष्ठले बताए । 


प्रतिक्रिया