संघीय संसदसँग सम्बन्धित ६ सय ९ जनाले दिए स्वाब

वैशाख २२, २०७८ | काठमाडौं

कोरोना संक्रमण भए/नभएको पीसीआर परिक्षण गर्न संघीय संसदसँग सम्बन्धित ६ सय ९ जनाले स्वाब दिएका छन् । आज पहिलो दिन सभामुख सापकोटा, सांसद, संघीय संसदका कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मी, संघीय संसद भवनका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायत गरी ६ सय ९ जनाको स्वाब संकलन भएको हो ।

सभामुखसहित १ सय २८ जना सांसद तथा कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत गरी ४ सय ८१ जनाको स्वाब संकलन भएको संघीय संसद सचिवालयले जनाएको छ । आज छुटेकाहरुको भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म स्वाब संकलन गर्ने सचिवालयले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको बैठक आगामी सोमबार बस्ने गरी आहृवान गरेपछि त्यसअघि कोरोना परिक्षण गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिन विशेष अधिवेशन बोलाउन सिफारिस गर्नुभएको हो ।


प्रतिक्रिया