त्रिभुवन विमानस्थलमा खादा र पहिचान झल्कने पोसाकमा रोक

असार २६, २०८२ | काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा,माला तथा पहिचान झल्कने पोसाक लगाउन निषेध गरेको छ ।

 त्यस किसिमका पहिरनले अध्यागमन प्रशासन एवम् सुरक्षा व्यवस्थामा पु¥याउन सक्ने असरलाई मध्यनजर गर्दै अध्यागमन क्षेत्रभित्र निषेध गरिएको अध्यागमन कार्यालयले जनाएको छ ।

त्यस्तै कुनै खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी, ब्याज वा अन्य कुनै पहिचानजन्य वस्तु प्रयोगमा निषेध गरिएको विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न नियम बनाइएको हो ।

 नियमको उल्लंघन गरेमा कानुन बमोजिम कारवाही गरिने विमानस्थलले जनाएको छ । 


प्रतिक्रिया