नेसपा र माओवादी केन्द्रबीच एकता महाधिवेशन हुने

असार २६, २०८२ | काठमाडौं
नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाबीच एकता महाधिवेशन गर्ने निर्णय भएको छ ।
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि नेसपासँग एकता महाधिवेशन गर्ने समझदारी भएको हो । एकता महाधिवेशनको मिति माओवादीको केन्द्रीय समिति बैठकले तोक्ने बताइएको छ । नेसपाका अध्यक्ष यादवले माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको जानकारी दिनुभयो ।
माओवादी र नेसपाबीच २०८० जेठमा पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । यादवकै कारण एकता प्रक्रिया लम्बिएको माओवादी केन्द्रले बताउँदै आएको छ । यादवका पार्टी नेता गंगानारायण श्रेष्ठ भने यसअघि नै माओवादीमा प्रवेश गरिसक्नु भएको छ ।