आजदेखि सरकारी खाता रोक्का

असार २६, २०८२ | काठमाडौं

चालु आर्थिक वर्ष सकिन लागेसँगै आजदेखि सरकारी खाताहरु रोक्का भएका छन् । 

चालु आर्थिक वर्ष सकिनु ७ दिन पहिले भुक्तानी रोक्नुुपर्ने नियम अनुसार गएरातिदेखि खाता बन्द गरिएका हुन् । 

खाता रोक्का भएसँगै सरकारी कार्यालयबाट हुने भुक्तानी मध्यरातबाट रोकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । भुक्तानी हुने अन्तिम दिन हिजो मात्र ३८ अर्ब ६१ करोड १७ लाख रुपैयाँ भुक्तानी भएको छ । आगामी साउन १ गते बाट नयाँ आर्थिक वर्ष सुरु हुने छ ।    


प्रतिक्रिया