मधेसलाई सुख्खाग्रस्त क्षेत्र घाषणा गर्न उपराष्ट्रपति यादवको माग

श्रावण १६, २०८०

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले खानेपानी तथा सिचाई अभावमा तराई मधेशको अवस्था दिन दिनै खस्किदै गएको भन्दै मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गर्नु भएको छ । महोत्तरीको मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै संघ र प्रदेश सरकारलाई इंगित गर्दै यादवले सो आग्रह गर्नु भएको हो । 

तराई मधेशमा भुमिगत पानीको सतह घट्दै गएकाले अहिले उत्पन्न समस्या सबैको लागि बिकाराल बनेको उहांको भनाई थियो । सो समस्यालाई गम्भिरतापूर्वक लिन संघ र प्रदेश सरकारलाई उहांले आग्रह समेत गर्नुभयो । यादवले महोत्तरीको मटिहानिमा आज १ सय १० फिटको राष्ट्रिय झण्डा अनावरण गर्नु भएको छ । 


प्रतिक्रिया