धरानलाई आपतकालीन घोषणा गर्न माग

श्रावण २६, २०८०

डेंगी रोगको महामारी फैलिएको सुनसरीको धरानलाई जनस्वास्थ्यको आपतकालीन घोषणा गर्न सरकारसंग माग गरिएको छ । जिल्ला विपत ब्यवस्थापन समितिको बैठकले धरान उपमहानगरपालिकालाई आपलकालीन अवस्था घोषणा गर्न गृह मन्त्रालय तथा कोशी प्रदेश सरकार समक्ष माग गरेको हो । 

डेंगी संक्रमणले सुनसरीका १२ वटै वडामा ८ हजार ४ सय ९२ जना संक्रमित हुनका साथै धरानमा मात्र ९ जनाको मृत्यु भएकोले आपतकालीन अवस्था घोषणा गर्न संघीय र प्रदेश सरकारलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । 

डेंगीको महामारी फैलिएको दुई महिना बितिसक्दा पनि प्रदेश र संघीय सरकारबाट सहयोग नभएको भन्दै आलोचना भएको छ । तीन तहको सरकारबीच समन्वयको अभावका कारण महामारीको रुपमा फैलिएको डेंगीको प्रकोप नियन्त्रणमा आउन नसकेको हो ।


प्रतिक्रिया