गोरखामा लामो समयपछि १ जनामा कोरोना संक्रमण

माघ ३, २०८० | गोरखा

गोरखा अस्पतालमा उपचाररत १ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 ज्वरो र रुघाखोकीको समस्या लिएर उपचार गराउन अस्पताल पुगेका शहिद लखन गाउँपालिका ७ का पुरुषको आरडिटि प्रविधिबाट गरिएको परिक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन सिद्धार्थ खनालले जानकारी दिनुभयो ।

विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको उहाँले जानकारी दिनुभयो । गोरखामा लामो समयपछि पहिलोपटक कोरोना संक्रमण देखिएको हो । संक्रमितको स्वास्थ्य उपचार र निगरानीका लागि स्वास्थ्य कार्यालय संग समन्वय भईरहेको छ ।  


प्रतिक्रिया