एक करोड रुपैयाँ बढीको चेक अनादर मुद्दामा फरार एक जना पक्राउ

असार ५, २०८२ | काठमाडौं
एक करोड रुपैयाँ बढीको चेक अनादर मुद्दामा दुई वर्ष कैद सजायको फैसला पश्चात फरार रहेका सिन्धुपाल्चोकका ४० वर्षीय वीरेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत साउन २५ गते नेक्स्ट कन्सट्रक्सन प्रा.लिको नाममा जारी गरेको चेक अनादर भएपछि गत फागुन २९ गतेबाट फरार रहेका खत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको कटुञ्जेबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ११ का खत्रीलाई काठमाडौं जिल्ला अदालतले गत फागुन २९ गते २ वर्ष कैद सजायको फैसला सुनाएको थियो । पक्राउ परेका खत्री १ करोड १५ लाख रुपैयाँ बराबरको चेक अनादर मुद्दामा दोषि व्यक्ति हुन् ।