पत्रकार पाठकलाई मुद्दाको किनारा नलाग्दासम्म पक्राउ नगर्नुः उच्च अदालत

असार ५, २०८२ | काठमाडौं

पत्रकार दिलभूषण पाठकलाई मुद्दाको किनारा नलाग्दासम्म पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले गत सोमबार भएको अल्पकालिन अन्तरीम आदेशलाई निरन्तरता दिँदै पक्राउ गर्नु नपर्ने जनाएको हो । 

पत्रकार पाठकले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको हो । पठकले सम्प्रेषण गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित नभएको उच्च अदालतको आदेशमा उल्लेख छ ।

 सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेको सामाग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सीलमा उजुरी दिन सक्ने व्यवस्था भएकाले सोही अनुसार छानविन र कारबाही हुने देखिएको अदालतको ठहर छ । 


प्रतिक्रिया