राहुल विश्वकर्माले जिते सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि

असार ५, २०८२ | काठमाडौं
एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा राहुलले नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । समग्रमा १९ अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । एमेच्योर सद्भाव आचार्य समग्रमा १८ अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए ।
बिजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । अब शनिबार हुने प्रो एम प्रतियोगितामा ३० प्रोफेसनल र १ सय २० एमेच्योर खेलाडीले भाग लिदैछन् ।