संसदीय छानबिन समिति बनाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन

जेष्ठ ११, २०८१ | काठमाडौं

संसदीय छानबिन समिति बनेर कार्यादेश बनाउन गठित कार्यदलको बैठक विनानिष्कर्ष सकिएकोे छ ।

सिंहदरबारमा आज बसेको कार्यदलको बैठक विनानिष्कर्ष सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रूपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताउनुभयो ।

उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने भन्ने विषयबाट काँग्रेस केहीपछि हटेको बताउनुभयो । गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने प्रक्रिया अघि बढेको बर्तौलाको भनाइ छ ।

गृहमन्त्री लामिछानेका विषयमा मात्र भन्दा पनि समग्र सहकारीको समस्या समाधानका लागि दलहरूबीच सहमति हुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री गिरीले स्पष्ट पार्नुभयो । प्रतिपक्षी दलले भाषामा तलमाथि भएपनि संसद्मा उठाएको विषयमा सम्झौता नगर्ने उहाँको भनाई छ ।  


प्रतिक्रिया