चट्याङ लागेर पाल्पामा एकको मृत्यु

प्रतीकात्मक तस्बिर 

असार ३, २०८१ | पाल्पा

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पन्त घरमै बसिरहेका बेला चट्याङले लागेको थियो । 

चट्याङ लागेर गम्भीर घाइते भएका पन्तलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो । 

पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया