भारत लैजाँदै गरेको ५८ कार्टुन भेपसहित ५ जना पक्राउ

असार ७, २०८१ | मकवानपुर

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन इलेक्ट्रिक चुरोट अर्थात् भेपसहित ५ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका ११ स्थित थानाभ¥याङमा वाग्मती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबाट संयुक्तरुपमा खटिएको टोलीले काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्ली जाँदै गेरेको ना.६ ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट झण्डै २ करोड ७१ लाख २१ हजार ७ सय८० रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित उनीहरुलई नियन्त्रणमा लिएको हो ।

हिजो पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका ३७ वर्षीय सलाम मोक्तान, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, नुवाकोटका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, ३० वर्षीय सन्तोष भुषाल, धनकुटाका २९ वर्षीय राजकुमार हिमाङ छन् ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार चिनियाँ नाका भएर भेप नेपाल भित्रिएको देखिएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सो यात्रुबहाक बस नेपाल दिल्ली रुटमा चल्ने समेत नभएको पाइएको छ ।   


प्रतिक्रिया