वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा राजिनामा, नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान

श्रावण ६, २०८१ | मकवानपुर

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजिनामा दिनुभएको छ । 

मुख्यमन्त्री जम्कट्टेलले आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुभएको हो ।

संघमा काँग्रेस–एमालेको गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार अल्पमतमा परेको थियो । 

सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरे पनि अन्तिम समयमा राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलको राजनीनामा प्रदेश प्रमुख यादव शर्माले राजीनामा स्वीकृत गरिसक्नुभएको छ । जम्कट्टेलले राजीनामा दिएसँगै वाग्मतीमा अब नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ ।

काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले प्रदेश सरकारको नेतृत्व गर्ने तयारी भएको छ । काँग्रेस संसदीय दलको वैठकले लामाको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ ।

यसैबीच प्रदेश प्रमुख यादवप्रसाद शर्माले पर्सी मंगलबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।    


प्रतिक्रिया