बेचन झालाई हिरासतमा नराख्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

श्रावण १०, २०८१ | काठमाडौं

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई हिरासतमा नराख्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन खारेज गरेको छ ।

सो निवेदनमाथि आज सुनुवाई गर्दै सर्वोचका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

गत असार १४ गते पक्राउ परेका झालाई प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमतिमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।  


प्रतिक्रिया