चर्चित लोकगायक एलपी जोशीको निधन

श्रावण ११, २०८१ | काठमाडौं

लोकगायक लक्ष्मीप्रसाद जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

ह्दयघातबाट पीडित उहाँलाई झापाको विर्र्तामोडस्थित अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

धनकुटा ६ बिचबजारमा वि.सं. १९९३ मा जन्मिएका जोशीले लोकसंस्कृतिको क्षेत्रमा उल्लेख्य योगदानपुर्याउनुभएको छ ।

जोशीका रिटिंग रिटिंग नबजाउन विनायो, विनायोले मनमेरो छिनायो,नेपालको माया, नेपाल कस्तो छ, लगायत रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांस गीत चर्चित छन ।

झापाको कन्काइ माइमा जोशीको दाहसंस्कार आजै गरिने पारिवारिक श्रोतलाई उदृत गर्दै धनकुटा सहकर्मी रमेश चन्द्र अधिकारीेले जनाएका छन । 


प्रतिक्रिया