चितवनका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा ३ को मृत्यु

श्रावण ११, २०८१ | चितवन

चितवनका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना तीन जनाको मृत्यु भएको छ ।

एक जना घाईते भएका छन् । 

भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा आज बिहान दुई ट्रक आपसमा ठोक्किदा दुवै ट्रकका चालकको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी भारत उत्तरप्रदेशका २४ वर्षीय हेहताव आलम र पर्सा जिल्ला विरगञ्ज महानगरपालिका–२४ मा प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमदकोे भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, गएराती भरतपुर महानगरपालिका–८ अशोकचोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डिप्रसाद अधिकारीको मृत्यु भएको हो । 


प्रतिक्रिया