धनगढीस्थित नोभा अस्पताल तोडफोड

श्रावण १२, २०८१ | धनगढी

कैलालीको धनगढीस्थित नोभा अस्पतालमा कञ्चनपुरका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्त विरोधमा उत्रिएका छन् ।

बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको उपचारका क्रममा हिजो मृत्यु भएपछि आफन्तले आज अस्पताल परिसरमा विरोध जनाएका हुन् ।

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा ढुुङ्गामुढा गरेका छन् ।

स्थिति सामान्य बनाउन सुरक्षाकर्मीले ९ सेल अश्रुुग्यास प्रहार गरेको छ । उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेका मृतकका आफन्तले शव उठाउन मानेका छैनन् । 


प्रतिक्रिया