दशैलक्षित बजार अनुगमन सुरु

आश्विन १८, २०८१ | काठमाडौं

चाडपर्वको मौसममा बजारमा अनियमितता एवं उपभोक्तासंग बढी मुल्य असुल्ने १ सय ९० व्यवसायीक फर्महरुलाई वाणिज्य, आपुर्ति तथा उपभोत्ता संरक्षण विभागले कारबाही गरेको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा गरिएको अनुगमनमा अनियमितता गर्ने व्यवसायीलाई कारबाही गरिएको विभागले जनाएको छ ।

अनियमितता गर्ने व्यवसायीहरुलाई सामान्य ‘सोधपुछ देखी ३ लाख रुपैंयासम्म जरिवाना गरिएको छ ।

विभागले बजार अनुगमनलाई तिब्रता दिएको बताएपनि उपभोत्ताहरु अझै अनियमितताको मारमा परेका छन् ।

अनुगमन भईरहेपनि बस्तुको मिती सकिएको , खाद्य बस्तुमा अखाद्य रङको प्रयोग भएका बस्तुहरु, बिषादीयुत्त फलफुल तथा तरकारीको विक्रीवितरण भइरहेको छ ।

उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद भण्डारीले सरकारी संयन्त्र फितलो हुँदा बजारमा अनियमितता नरोकिएको दावी गर्नुभयो ।


प्रतिक्रिया