चाडपर्वको मुखमा डेंगुका बिरामीहरु बढ्दो

आश्विन १८, २०८१ | काठमाडौं

मुलुकमा डेंगुबाट संक्रमितको संख्या पछिल्लो ९ महिनामा करिव १५ हजार पुगेको छ ।

डेंगुकै कारण ७ जनाले ज्यान गुमाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

गत जनवरी यता ७६ जिल्लामा १४ हजार ९ सय ७५ जनामा डेगुं संक्रमण पुष्टि भएको महाशाखाको भनाई छ । 

सबैभन्दा बढी गण्डकी प्रदेशमा ६ हजार ९ सय २० जना डेंगु संक्रमित भेटिएका छन् ।

कोशी प्रदेशमा १ हजार ३ सय २९, मधेशमा २ सय ८६, बागमतीमा ४ हजार ४ सय ८९ जनामा डेगीं संक्रमण देखिएको छ । 

यस्तै लुम्बिनीमा ९ सय ९५, कर्णालीमा २२० र सुदुरपश्चिम प्रदेशमा ७ सय ३६ जनामा डेंगी संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने डेंगुबाट बच्नका लागि झुलको प्रयोग तथा पूरा बाहुला कपडा लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् । 


प्रतिक्रिया