ओडिसा घटनाः सुरक्षा कर्मचारी बर्खास्त

फाल्गुन ६, २०८१
भारतीय राज्य ओडिसास्थित सो विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको छ । विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुव्र्यवहार र कुटपिट गरेका थिए ।
बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गरेका थिए । विश्वविद्यालयले सो घटनाबारे फलोअप सूचना जारी गर्दै दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको जानकारी दिएको छ । त्यस्तै छात्रावासका दुई जना उच्च अधिकारी र एक जना प्रशासन अधिकृत पनि घटनाको छानबिन नहुन्जेलसम्मका लागि बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।
अहिले विश्वविद्यालयले विद्यार्थीलाई फर्काउन पहल गरिरहेको छ । नेपाली विद्यार्थीमाथि कर्मचारीले दिएका अपमानजनक अभिव्यक्तिप्रति पनि विश्वविद्यालयले माफी मागेको छ । यसैबीच, घटनाको छानविनका लागि उडिसा राज्य सरकारले उच्चस्तरिय छानविन समिति गठन गरेको छ ।