एनओसी स्थगित गर्ने शिक्षा मन्त्रालयको चेतावनी

फाल्गुन ६, २०८१

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी नामक विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारजन्य घटनाले उब्जिएको समस्या समाधानका लागि कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाले विज्ञप्ति जारी गर्दै घटनाबाट विद्यार्थी र अभिभावकको मनोविज्ञानमा पर्न गएको प्रभाव तथा भारतकै अन्य विश्वविद्यालयमा अध्ययनरत हजारौं विद्यार्थीमा त्रास उत्पन्न भएको भन्दै परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको बताउनु भएको छ । 

सो घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक समाधान नगरिए भविष्यमा ओडिसा राज्यका विश्वविद्यालयमा शिक्षण संस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी स्थगित गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।


प्रतिक्रिया